वीरगन्जको वनस्पति घ्यु उद्योगमा ८ घन्टादेखि आगलागी : अझै नियन्त्रणमा आएन

वीरगन्जको वनस्पति घ्यु उद्योगमा ८ घन्टादेखि आगलागी : अझै नियन्त्रणमा आएन

वीरगन्ज : वीरगन्ज महानगरपालिका-२१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आगलागी भएको छ। शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। 
 
उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिए। 

आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको गरी पाँच वटा वारुण यन्त्रले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

आगो निभाउनका लागि नेपाल प्रहरीका ५२ जना,  सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रजिअ भटटराईले बताए । 

प्रजिअ भटटराईले आगो उद्योग बाहिर पनि फैलनसक्ने जोखिम भएकाले उद्योग आसपास घर भएका स्थानयीलाई सतर्क रहन आह्वान गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.