कांग्रेस नेता पौडेललाई कारवाही, कसले गर्‍यो ?

कांग्रेस नेता पौडेललाई कारवाही, कसले गर्‍यो  ?

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कारवाहीमा परेका छन्। पौडेल मात्र होइन पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी पनि कारवाहीमा परेका छन्। कांग्रेसबाट केन्द्रमा प्रतिनिधित्व गर्ने यी दुई शीर्ष नेतासहित धेरै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि कारवाही सूचीमा परेका छन्। 

उनीहरुमाथि कसले कारवाही गर्‍यो? जवाफ भने रोचक छ। तनहुँमा गठित कांग्रेसको समानान्तर कार्य समितिले पौडेलसहितका नेतालाई कारवाहीको घोषणा गरेको हो। कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीनिकट नेता,कार्यकर्ताले गत माघ ८ गते समिति घोषणा गरेको थियो। रामचन्द्र पौडेलनिकटको बाहुल्यता रहेको जिल्ला समितिले आफूहरुलाई उपेक्षा गरेको र चुनावको टिकट वितरणमा विभेद गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको थियो। 

पौडेल–जोशी पक्ष विवादको जड चुनाव

जिल्ला सभापति बैकुण्ठनाथ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आले नेतृत्वमा रहेको समितिले चुनावमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै थुप्रै जिल्ला नेतालाई कारवाहीको सिफारिसमा गरेको थियो।

समानान्तर कमिटीमा कारवाही सिफारिस परेका यिनै नेताहरुको बाहुल्यता छ। न्यौपाने नेतृत्वको कार्य समितिले पूर्व सहमहामन्त्री जोशीलाई पनि कारवाहीको सिफारिस गरेको थियो।

एक पछि अर्को कारवाही

कारवाही गरेका भनिएका जोशीनिकट नेताले कार्यालय खोलेर निरन्तर क्षेत्रीय र तहगत अधिवेशनसम्म गर्दै आएका थिए। गत बुधबार राजधानीमा भेला भएका पौडेलनिकट कार्य समितिका पदाधिकारी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिले समानान्तर समितिमा रहेका नेतामाथि अनुशासनको कारवाही गर्नका लागि दबाब दिने निर्णय गरेका थिए।  

नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेलको उपस्थितिमा बसेको भेलापछि केन्द्रीय सदस्य भण्डारीकै नेतृत्वमा एक टोलीले शीर्ष नेतालाई भेटेको थियो। सभापति शेरबहादुर देउवा, उप सभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्कालगायतसँग भेटेर टोलीले चुनावमा आफ्ना उम्मेदवार हराउन भूमिका खेलेको र समानान्तर समिति गठन गरेको भन्दै सबैमाथि कारवाहीको माग गरेको थियो। 

यसलगत्तै जिल्लाको समानान्तर समितिले रामचन्द्र पौडेलसहित नेताहरुमाथि कारवाही भन्दै विज्ञप्ति जारी गरेको हो। समानान्तर समितिका प्रवक्ता हरिशरण पण्डितद्वारा नेपाली कांग्रेस तनहुँकै लेटरहेडमा जारी विज्ञप्तिमा पार्टीविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै  कारवाही घोषणा गरिएको उल्लेख छ। विज्ञप्तिमा माघ ८ पछि आफूहरु नै आधिकारिक समिति रहेको जिकिर गरिएको छ। 

कारवाहीका श्रृंखला लगातार चले पनि जिल्ला कार्य समितिले भने यो क्रम लामो समय चल्न नदिन केन्द्रको हस्तक्षेपको माग गरेको छ। कार्यवाहक सभापति जीतप्रकाश आलेले पार्टीको लेटरप्याड र झण्डा प्रयोग भएकाले कारवाही गर्न सभापति देउवाको ध्यानाकर्षण गरेका थिए। तर सभापति देउवाले प्रशासन आफ्नो पार्टीको नभएको भन्दै आधिकारिक समितिलाई नै केन्द्रले मान्यता दिएको बताएर पन्छिएका थिए। केही केन्द्रीय नेताहरुले भने यो विवादलाई कार्य समितिको छलफलमा ल्याउने बचन दिएका छन्। 

महामन्त्री पूर्णबहादुर खड्काले यस विषय आसन्न केन्द्रीय समितिमा लैजाने बताएको भेटमा सहभागी आमन्त्रित जिल्ला सदस्य सुरेश भट्टराईले जानकारी दिए। सामाजिक सञ्जालमा भने पार्टी कार्यकर्ताले विवादलाई बाहिर ल्याउँदा संगठन झनै कमजोर हुने भन्दै मिलेर जान नेतृत्वलाई सुझाव दिएका छन्। 

नेपाली कांग्रेस तनहुँको समानान्तर समितिले जारी गरेको विज्ञप्ति।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.