उपप्रधानमन्त्री नै भन्छन् : कम्युनिस्ट सरकार जाति विशेषको भयो, संविधान विपरीत गयाे

उपप्रधानमन्त्री नै भन्छन् : कम्युनिस्ट सरकार जाति विशेषको भयो, संविधान विपरीत गयाे

वीरगन्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले संविधान विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।

वीरगन्जमा शनिवार मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले आफैँ संलग्न रहेको संघीय सरकारको नै चर्को आलोचना गरे ।

संविधानले दिएका अधिकार पनि खोेसेर सत्ता कब्जाको षड्यन्त्रमा कम्युनिस्ट नेतृत्वको सरकार लागिपरेको आरोप उनको थियो । ‘राजतन्त्रलाई फालेर बनाइएको भए पनि यो संविधान अझै त्रुटीपूर्ण छ,’ उनले भने, ‘त्यसैले संविधान संशोधनका लागि अहिले पनि हामी संघर्षमै छौँ ।’

समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले अहिलेको संविधानले दिएको संघीयता, गणतन्त्र, समावेशिता जस्ता राजनीतिक उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै संविधानमा नसमेटिएका अधिकारका लागि भने लडिरहने बताए ।

‘संघीय सरकार कुनै एक वर्ग वा जाति विशेषको जस्तो देखिएको छ । तर सरकार कुनै एक जाति वा वर्गको लागि मात्र नभइ सबै वर्ग र जातजातिको साझा सरकार बन्नु पर्छ,’ उनले भनेका छन् । प्रदेश सरकारलाई संविधानले दिएका अधिकार पनि कम्युनिस्ट नेतृत्वको संघीय सरकारले खोसेको आरोप उनले लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.