आगलागीले वनस्पती घीउ उद्योगमा २५ करोड क्षति

आगलागीले वनस्पती घीउ उद्योगमा २५ करोड क्षति

वीरगन्ज : वीरगन्ज महानगरपालिका –२१ लिपनी विर्तामा रहेको सुशील वनस्पति घीउ उद्योगमा शनिबार भएको भीषण आगलागीबाट २५ करोडभन्दा बढीको क्षति भएको छ। तोरी र सोयाबिनको तेल उत्पादन र प्रशोधन गर्दै आएको उद्योगमा शनिबार बिहान २ बजेदेखि सुरु भएको आगलागी १५ घण्टापछि नियन्त्रणमा आएको थियो।

आगलागी साँझ ५ चार बजेपछि मात्र नियन्त्रणमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए। घीउ तेलको उद्योग भएकाले आगो नियन्त्रणमा ल्याउन समय लागेको उनले बताए।

उद्योगमा लागेको आगो निभाउन वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज डिपोका ५ वटा वारुण यन्त्र पुगेका थिए।

पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार आगो निभाउन नेपाल प्रहरी ५२ जना, सशस्त्र प्रहरी ३५ जना र नेपाली सेना २२ जना परिचालन गरिएका थिए।

उद्योगमा बिजुलीको तार सर्ट भएर आगो लागेको उद्योगमा कार्यरत लेबर इन्चार्ज बृज यादवले बताए। आगलागीका कारण उद्योगमा २५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका प्रशाकीय अधिकृत विमल शर्माले जानकारी दिए।

आगालगीले उद्योग परिसरमा भण्डारण गरेर राखिएको करिब एक सय ५० मेट्रिक टन तोरी, करिब २० ट्रक तयारी तोरी र सोयाबिनको तेल, एक सय मेट्रिक टनभन्दा बढी तोरीको पिना र तोरी प्रशोधन र तेल प्याकिङ गर्ने प्लान्टका ६ वटा ठूला मेसिन जलेर नष्ट भएको शर्माले जानकारी दिए।

‘तयारी तेल, तोरी, पिना र मेसिनका साथै कारखानाका भवन र गोदाम सबै ध्वस्त भएको छ’, उनले भने, ‘अहिलेसम्मको प्रारम्भिक अनुमानमा २५ करोड जतिको क्षति भएको अनुमान छ। क्षतिको विवरण संकलन भइरहेकाले बढी पनि पुग्न सक्छ।

उद्योग प्रशासनले आगलागीबाट २५ करोडभन्दा बढीको क्षति भएको दाबी गरे पनि आगलागी नियन्त्रणमा खटिएको प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

‘अहिले पनि तोरीका केही बोरामा लागेको आगो निभाउन बाँकी नै छ’, पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने, ‘क्षतिको विवरण संकलन भइरहेकाले कति क्षति भयो भन्नेबारे अहिले नै यकिनका साथ भन्न सकिने अवस्था छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.