बेड नहुँदा भुइँम उपचार

बेड नहुँदा भुइँम उपचार

डोल्पा : जिल्ला अस्पताल डोल्पामा बेड अभाव हुँदा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपरेको छ। केही दिनयता अस्पतालमा ह्वात्तै बिरामी बढेपछि भुइँमै राखेर उपचार गर्नुपरेको हो।

जिल्ला अस्पतालमा १५ बेड छन्। तर अस्पतालमा २१ जना बिरामी एकैपटक भर्ना भएपछि अन्य बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपरेको अस्पतालका निमित्त प्रमुख डा. सिजन रावलले बताए। उनका अनुसार अहिले अस्पतालमा टाइफाइडका बिरामी बढेका छन्।

२५ जनाभन्दा धेरै टाइफाइडका बिरामी भर्ना भएका हुन्। ‘१५ वटा बेडमा २१ बिरामी राखेका छौं। अन्य बिरामी आए भुइँमै राखेर उपचार गर्छौं’, उनले भने, ‘अस्पतालमा दक्ष जनशक्ति, औषधि र सामग्री अभाव छ। यस्तो अवस्थामा बिरामीलाई महँगोमा रिफर गर्नुपर्ने बाध्यता हुन सक्छ।’ असार लागेसँगै यार्सा पाटनबाट फर्किएपछि टाइफाइडका बिरामी ह्वात्तै बढेकाले उपचारमा समस्या भएको हो।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताइन्। टाइफाइडकी बिरामी रेशिका बुढाले भुँइमा उपचार गराउन असहज भएको बताइन्। अस्पतालको स्तर वृद्धिका लागि ठूलीभेरी नगरपालिकाले बजेट नदिएको अस्पतालको गुनासो छ। प्रदेश सरकारले स्तर वृद्धिका लागि करिब एक करोड बजेट विनियोजन गरे पनि समयमै अख्तियारी नआउँदा व्यवस्थापनमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष तेजेन्द्र रोकायाले बताए।

ठूलीभेरी नगरप्रमुख गणेशबहादुर शाहीले अस्पताल नगरपालिका मातहत नभएकाले स्थानीय सरकारले बजेट व्यवस्थापन नगर्ने तर्क गरे। जिल्ला अस्पतालमा टाइफाइडका बिरामी बढेपछि जिल्ला प्रशासन कार्यालयले आपत्कालीन बैठक बोलाएर सम्बन्धित निकायलाई टाइफाइड नियन्त्रण तथा उद्धारमा लाग्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.