पहिरोले ह्युमपाइप बगाउँदा त्रिदेशीय मार्ग अवरुद्ध

पहिरोले ह्युमपाइप बगाउँदा त्रिदेशीय मार्ग अवरुद्ध

मैलुङ, नुवाकोट: त्रिदेशीय छोटो मार्गको रुपमा रहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक अवरुद्ध भएको छ। बाढीले सडकमार्गको ह्युमपाइप बगाएपछि त्रिदेशीय मार्ग आइतबारदेखि अवरुद्ध भएको हो। 

नुवाकोटको सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरमा रहेको त्रिशूली नदीको पूर्वी किनारामा रहेको सो त्रिदेशीय सडकमार्ग शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सडक खण्डको त्रिशूली खोलाको हिमपाइप बगाएपछि अवरुद्ध भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाको कार्यालय विदुरले जनाएको छ।

बाढीले सडकमा राखिएको ह्युमपाएप बगाएपछि बन्द भएको सो सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनका अनुसार हेभिइक्युपमेण्ट मगाएर सो सडक मर्मत गर्ने प्रयास भइरहेको छ। यद्यपि, वर्षातको समयमा दुर्घटनाको जोखिम उच्च भएका कारण सो सडकमा दुई महिना साना, ठूला तथा जुनुसुकै यातायात संचालन नगर्नु नै उचित भएको भण्डारीले बताए। 

गत वर्षमात्र निर्मित सो सडकखण्डमा साना यातायातका साधन मात्र संचालन गर्ने लिखित निर्णय भएपनि वाध्यता र छोटो दूरीका कारण ठूला हेभी गाडीसमेत संचालन हुँदै आएका छन्। वर्षाको समयमा पहिरो जाने भएकाले आउँदो दसैं अगाडिसम्म सवारी सञ्चालन गर्न नसकिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.