ऋण दिने लोभ देखाएर बलात्कार गर्ने बैंक मेनेजर पक्राउ

ऋण दिने लोभ देखाएर बलात्कार गर्ने बैंक मेनेजर पक्राउ

विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो ।  २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप बास्तोलामाथि छ । 

घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्धगराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ । 

पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको  डीएसपी श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.