करेन्ट लागेर दुई बालक घाइते

करेन्ट लागेर दुई बालक घाइते

नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरमा आइतबार हाई भोल्टेज करेन्ट लागेर दुई बालक गम्भीर घाइते भएका छन् । साथीसँग खेल्नेक्रममा विदुर नगरपालिका वडा नं. १ स्थित ढुंगेमा ११ हजार भोल्टेजको करेन्ट लागेर स्थानीय दुई बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख कृष्णबहादुर पलिमगरले जानकारी दिए । 

नुवाकोट बागवानी केन्द्र जाने भित्रि बाटोमा रहेको किरियापुत्री बस्ने भवनको छतमा खेल्ने क्रममा अचानक छतमाथि टाँगेको  हाई भोल्टेजको तारमा छुँदा ७ वर्षका सुजन नगरकोटी र ५ वर्षका दमै नगरकोटी घाइते भएको नुवाकोट प्रहरी प्रमुख पलिमगरले बताए । घाइते दुबैको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रारम्भिक उपचार गरि काठमाडौं पठाइएको छ । 

नेपाल विद्युत प्राधिकरणले समयमै विद्युतको पोल नझिक्दा दुर्घटना हुन पुगेको स्थानीयवासी तथा किरियापुत्री भवन निर्माण समितिकी अध्यक्ष भगवति राजभण्डारीले बताइन् ।

वडा कार्यालय र विद्युत प्राधिकरणलाई विद्युतको जोखिम रहेको जानकारी दिए पोल र तार हटाउन पटक/पटक अनुरोध गर्दासमेत अटेर गरेका कारण अनाहकमा बालकहरु घाइते हुन पुगेको स्थानीयले बताएका छन् । बालकको सम्पुर्ण उपचार र पठनपाठनको व्यवस्था विद्युत प्राधिकरणले गर्नुपर्ने घाइतेका आफन्त र स्थानीयवासीले माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.