अधिकारीलाई 'वेष्ट च्याप्टर प्रेसिडेन्ट' अवार्ड
अमेरिका : एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी वेष्ट च्याप्टर प्रेसिडेन्ट अवार्डबाट सम्मानित भएका छन्। दोस्रो कार्यकालाका लागि निर्वाचत भएका अधिकारीलाई अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेको भन्दै सम्मानित गरिएको हो।
अधिकारीले न्यूयोर्क च्याप्टरमा यसअघि एक कार्यकाल सचिव र एक कार्यकाल अध्यक्षको जिम्मोवारी सम्हालिसकेका छन्। न्यूयोर्क क्षेत्रमा रहेका करिब एक सय बढी संघ सस्थाहरुलाई एकिकृत गर्दै नेतृत्व गर्न सफल रहेका अधिकारीले सम्मानित हुने मौका पाएकोमा केन्द्रिय कार्यसमितिलाई धन्यवाद दिँदै आगामी दिनमा सबैको सहयोगले नेपालीहरुको सर्वोपरी हित हुनेगरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
नेपालको धादिङ जिल्ला फुलखर्कमा जन्मिएका अधिकारी ८ बर्षअघि अमेरिका आएका थिए। ८ बर्षको अवधिमा उनले ६ वर्ष एनआरएन अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। अध्ययनका लागि डेनमार्क पुगेका अधिकारीले नेपालमा इन्जिनियरिङमा डिप्लोमा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !