टिचिङभित्र निर्माणाधीन अस्पताल ८ वर्षदेखि लथालिंग : संसदीय समितिले माग्यो जवाफ

टिचिङभित्र निर्माणाधीन अस्पताल ८ वर्षदेखि लथालिंग : संसदीय समितिले माग्यो जवाफ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) मा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ समयमा निमार्ण सम्पन्न नभएको भन्दै संसदीय समितिले चासो देखाएको छ।

तीनपटक म्याद थप्दा पनि काम नसकिएको भन्दै शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग जवाफ मागेको हो।

तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा गोरखामा मारिएका माओवादी नेता वाग्लेको नाममा बन्न लागेको उक्त अस्पतालको भौतिक पूर्वाधार ८ वर्षदेखि लथालिंग अवस्थामा छ।

२०७१ सालमै काम सक्ने गरी ८ मंसिर २०६८ मा गौरा कन्स्ट्रक्सन प्रालि र एटलस इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि संयुक्त रूपमा ठेक्का लिएका थिए। उनीहरूले ७१ करोडमा ठेक्का लिएको भए पनि ८ वर्षमा तीनपटक म्याद थपियो।

‘यो अस्पतालमा निकै लापरवाही भएको देखियो’, समिति सभापति जयपुरी घर्तीले भनिन्, ‘१० दिनभित्र किन निर्माण हुन नसकेको हो सत्य तथ्य पत्ता लगाई समितिमा पेस गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो।’

समिति बैठकमा सभापति घर्तीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई उक्त क्यान्सर अस्पताल तत्काल सञ्चालन गर्न निर्देशन दिने प्रस्ताव गरेकी थिइन्। तर सदस्यहरूले तत्काल निर्देशन दिन उपयुक्त नहुने सुझव दिए। ‘निमार्ण किन पूरा भएन पहिला सम्बन्धित मन्त्रालयलाई जवाफ मागौँ’, समिति सदस्य मानबहादुर विश्वकर्माले भने, ‘अनि मात्रै निर्देशन दिन उपयुक्त हुन्छ।’

अस्पतालको काम समयमा नसक्ने ठेक्दार कम्पनीलाई कालो सूचीमा राख्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुपर्ने सांसद खगराज अधिकारीको थियो।

‘सम्बन्धित मन्त्रालयसँगै प्रधानन्त्री कार्यालयलाई पनि निर्माण हुन नसकेको विषय जानकारी गराउनुपर्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.