सिन्धुलीमा माटो खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

सिन्धुलीमा माटो खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । अरु तीनजना  घाइते छन् ।

ढिस्कोले पुरिएर आमपानी टोल बस्ने २४ वर्षीया शर्मीला रम्तेलको मृत्यु भएको हो । घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकमाया रम्तेल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जाकारी दिए ।

घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर रहेको प्रवक्ता थापाले जानकारी दिए । अन्यको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरेर सुनकोसी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा पुर्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.