जेठाजुको खुकुरी प्रहारबाट बुहारी गम्भीर घाइते
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित कुमार गाउँका ३६ वर्षीय निरबहादुर नेपालले मंगलबार खुकुरी प्रहार गरेर आफ्नै बुहारीलाई गम्भीर घाइते बनाएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार सामान्य घरयासी विवादमा निरबहादुरले बुहारी २६ वर्षीया सलिना नेपालमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सलिनाको अनुहार, टाउको, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको दाहालले बताए ।
बुहारीलाई खुकुरी हान्ने जेठाजुलाई पक्राउ गरेर घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि गम्भीर घाइते शलिनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
४