घरमुनीको जमिन भासिँदा रसुवामा ६ घरमा क्षति, एक परिवार विस्थापित

घरमुनीको जमिन भासिँदा रसुवामा ६ घरमा क्षति, एक परिवार विस्थापित

नुवाकोट : अविरल वर्षाका कारण पहिरो जाँदा रसुवाको दक्षिणपूर्वी घलेगाउँमा ६ घरमा क्षति पुगेको छ। सदरमुकाम धुन्चेदेखि ३० किलोमिटर दूरीको कालिका गाउँपालिका ५ घलेगाउँमा घरमुनीबाट जमिन भासिँदा मंगलबार ६ घरमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराइले जानकारी दिइन्।

भट्टराईका अनुसार पहिरोले एक परिवार विस्थापित भएको छ। घरमुनी सडक खनिएको र अविरल वर्षाले जमिन भासिँदा स्थानीय श्यामबहादुर तामाङको ४ जनाको परिवार विस्थापित भएको हो। तामाङको परिवारलाई १० हजार रुपैयाँ नगद र टेन्टलगायत राहत सामग्री प्रदान गरिएको छ। उनको परिवार घर नजिकै बारीमा अस्थायी रुपमा टेन्ट हालेर बसेको छ।

पहिरोले स्थानीय गम्भीरमान तामाङ, सन्तमान तामाङ, सन्तबहादुर तामाङ, सौगात तामाङ र सार्की तामाङको घरमा क्षति पुगेका छ। उनीहरू पनि जोखिमपूर्ण रुपमा बसिरहेका छन्।

प्रहरी र स्थानीय तहका कर्मचारी घटनास्थलमा थप अनुगमनका लागि पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.