इटहरीमा खोलाले बगाएका युवक अझै भेटिएनन्

इटहरीमा खोलाले बगाएका युवक अझै भेटिएनन्

इटहरी : इटहरी ५ स्थित सुकुमारी खोलाले बगाएर बेपत्ता युवा अझै भेटिएका छैनन् । सोही स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बिहीबार बाढीले बगाएको थियो ।

स्थानीयका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । उनको खोजीका लागि प्रहरी परिचालन गरिए पनि हालसम्म नभेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिएका छन् ।

इटहरीका विभिन्न खोला, नालामा पानीको बहाव बढेको छ । टेंग्रा खोलामा पानीको सतह बढेसँगै इटहरी अघिल्ला वर्षझै डुबानमा हुने खतरा बढेको छ । दुई वर्षअघि इटहरीकै बुढी खोलामा आएको बाढीले नजिकैको बस्ती बगाउँदा ६ जनाको ज्यान गएको थियो भने दर्जनौं विस्थापित भएका थिए ।

हरिनगराका ३५ परिवार विस्थापित

भारी वर्षापछि पानी जमेर सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरका ३५ घरपरिवार विस्थापित भएका छन् । सुकसेना टोलमा घुँडासम्म पानी जमेपछि ती परिवार विस्थापित भएका हुन् ।

उनीहरुलाई प्रहरीले उद्धार गरेर विद्यालयमा सुरक्षित राखेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सो स्थानमा नयाँ बाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.