रातु खोलाले बगाउँदा महोत्तरीमा १ बेपत्ता
महोत्तरी : महोत्तरीको रातु खोलाले बलवा नगरपालिका-२ का ७० वर्षीय हनिफ बैठालाई बगाएर बेपत्ता बनाएको छ। घाँस काट्न गएका उनलाई बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको एसपी स्याम अधिकारिले जानकारी दिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन्।