होटल हब बन्दै बर्दिबास

होटल हब बन्दै बर्दिबास

(बर्दिबास) महोत्तरी : महोत्तरीको बर्दिबासमा साढे १६ करोड खर्चेर विनायक पाटी प्यालेस तथा इभेन्ट सेन्टर निर्माण गरिएको छ। प्यालेस सञ्चालनमा आएको छ। ५० जना युवाले रोजगारी पाएका छन्।

स्थानीय युवा व्यवसायी विष्णु बहादुर खड्काले पार्टी प्यालेसमा लगानी गरे। होटलको हब बन्दै गरेको बर्दिबासमा एकै पटकमा करोडौं लगानी गरेर महोत्तरी जिल्लामा पहिलो पार्टी प्यालेसको निर्माण भएको हो।

प्यालेसको भौतिक संरचना साढे चार कठ्ठामा फैलिएको छ। जग्गा र भौतिक संरचना गरेर साढे १६ करोड लगानी भएको व्यवसायी खड्काले जनाए। प्यालेसले दुई कठ्ठा जग्गा भाडामा पनि लिएको छ। उनको अढाई कठ्ठा आफ्नै हुन्। ‘विवाह, ब्रतबन्ध, सभा समारोह, सेमिनार गर्न सकिन्छ’, व्यवसायी खड्काले भने, ‘दश करोड खर्चेर पाँच वर्षअघि होटल सञ्चालन गरे। तर, त्यसले ग्राहकको आवश्यकता पूरा भएन। त्यसपछि पार्टी प्यालेस लगानी थपेका हौं।’

बर्दिबासमा शान्त र सुरक्षित महसुस गर्दै लगानीकर्ताले हौसिएर लगानी गरिरहेका छन्। एक वर्षअघि पञ्चुरा स्विट हाउस सञ्चालनमा ल्याएका युवा व्यवसायी प्रमेश्वर महतोलाई माथिल्लो तलामा रेस्टुरेन्ट बनाउन भ्याइनभ्याइ छ। उनले स्विट हाउस खोल्नुअघि जय माँ पञ्चधुरो होटल एन्ड गेस्ट हाउस खोलेका थिए।

बर्दिबासमा भर्खरै साँढे चार करोडको लगानीमा सुजल होटल एन्ड गेस्ट हाउस खुलेको छ। महोत्तरीको हात्तीलेटका युवा चन्द्रदेव यादवले आफैंले कमाएर होटलमा लगानी गरेका हुन्। ‘दुई दशक मोटरसाइकल ग्यारेज खोलेर काम गरेँ। त्यसबाट कमाएको रकम होटलमा लगानी गरेँ’, उनले भने।

बर्दिबास प्रदेश २ को केन्द्रविन्दु हो। कुनै पनि आन्दोलनमा यहाँ बन्द हडताल हुँदैन। बन्दलाई सधैंका लागि बन्द गरिएको छ।

होटल शिश महल चलाइरहेका व्यवसायी दिपेन्द्र पराजुलीले अर्को होटल थपेका छन्। पाँच कठ्ठा जग्गा भाडामा लिएर ५० लाख लगानीमा उनले शिश महल थकाली भान्छा घर सञ्चालनमा ल्याएका हुन्। पावन मिथिला होटल पनि बर्दिबासमा अर्को नयाँ होटल हो। ‘साढे पाँच करोडको लगानीमा पाटी प्यालेससहितको सेवा प्रदान गर्दै छौं’, होटेलका मेनेजर मुकेश कर्णले भने।

दुई दशकदेखि सेवा दिँदै आएको गौतम होटलले २ करोड खर्चेर सुविधा सम्पन्न हल निर्माण गरेको छ। गौतम होटलका लगानीकर्ता नरहरी गौतम बर्दिबासका पुराना व्यवसायी हुन्। उनको होटल व्यवसायमा ४० करोडभन्दा बढी लगानी छ। प्रत्यक्ष अप्रत्यक्ष गरेर सय जनाले रोजगारी पाएका छन्।

‘जुन बेला बर्दिबासमा पानी पाइँदैनथ्यो त्यसबेला प्रतिघैंटा तीन रुपैयाँमा पानी किनेर होटलमा आएका ग्राहकलाई सेवा गरे’, उनले भने, ‘आज बर्दिबासमा धेरै होटल खुल्यो। खुसी लागेको छ।’ होटल बर्दिबास माइस्थानमा दुई नयाँ होटलको भौतिक संरचना धमाधम निर्माण भइरहेको छ। अहिले बर्दिबासमा सुविधा सम्पन्न दुई दर्जनभन्दा बढी होटल छन्।

‘बर्दिबास प्रदेश २ को केन्द्रविन्दु हो। कुनै पनि आन्दोलनमा यहाँ बन्द हडताल हुँदैन। बन्दलाई सधैंका लागि बन्द गरिएको छ’, प्रदेश सांसद सारदा थापाले भनिन्, ‘लगानीकर्ता हौसिएर लगानी गरेका छन्।’

‘बर्दिबास प्रदेश २ का मध्य केन्द्रविन्दु पर्छ’, होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले भने, ‘बर्दिबास जनकपुरभन्दा सानो ठाउँ भए पनि होटल व्यवसायमा ठूलो लगानी गर्ने बढिरहेको छ।’ प्रदेशभरीको सहज पहुँच भएकाले व्यवसायीको रोजाइमा बर्दिबास परेको हो।

बर्दिबासमा लगानी गरे डुबिँदैन भन्ने व्यवसायीको आम विश्वास छ। ‘पूर्वी तराइका जिल्लालाई संघीय राजधानीसँग जोड्ने मुख्य प्रवेश मार्ग पनि बर्दिबास नै हो’, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले भने, ‘यहाँबाट ६ घण्टामा सजिलै राजधानी पुग्ने सडक सञ्जाल छ।’ बर्दिबास–सिन्धुली–खुर्कोट–बनेपा सडक खण्डको विस्तारले बर्दिबास लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.