सप्तकोशीमा पानीको बहाब बढ्दै, ३३ ढोका खोलियो
इटहरी : सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो।
यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ।
यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्न रोकिएको छ। तथापी पहाडी जिल्लामा अघिल्लो दिनसम्म परेको पानी कोशी ब्यारेसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेको बहाब अघिल्लो दिन परेको पानीको मात्रा अनुसार निर्धारण हुनेगर्छ।