दाङमा बाढीले ९ वर्षीय बालकको मृत्यु
दाङ : अविरल वर्षापछि आएको बाढीका कारण दाङमा पनि एकजनाको मृत्यु भएको छ ।
स्थानीय खहरे खोलामा आएको बाढीले बगाउँदा बंगलाचुली गाउँपालिका–८ कैनपानीका ९ वर्षीय भक्तसिंह बैजालीको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।
तिलकराम बैजालीका नौ वर्षीय छोरा भक्तसिंको मामाघरबाट घर फर्कँदै गर्दा स्थानीय खहरे खोलाको बाढीले बगाएको थियो । वडाध्यक्ष गिरराज बाँठाका अनुसार मृतक कक्षा ३ मा अध्ययनरत थिए ।