भोजपुरमा पहिरो : एकै परिवारका ३ सहित ५ को मृत्यु

भोजपुरमा पहिरो : एकै परिवारका ३ सहित ५ को मृत्यु

भोजपुर : अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएपछि एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको तुन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, १७ वर्षिय छोरा शिवकुमार राई र अर्का १५ वर्षिय शक्तिकुमार राईको मृत्यु भएको हो।

घरमा बसिरहेका राईका श्रीमती, दुई छोरा शनिबार विहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि उनीहरू मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। राई भने आफ्नी ७७ वर्षीया आमा कालीमाया राईसँग वल्लो मूलघरमा बसिरहेका बेला पहिरोले श्रीमती र छोराहरूलाई पहिरोले पुरेको प्रहरीको भनाई छ।

उक्त घटनापछि प्रहरी चौकीका सई मचिन्द्र भण्डारी कमाण्डको प्रहरी टोली र स्थानीयबासीले पहिरो हटाएका छन्। घटनास्थलमा जेसिबी पुर्‍याउन नसकेपछि प्रहरी स्थानीयबासीले नै उत्खनन गरेर लाशलाई बाहिर ल्याईएको वडाध्यक्ष वीरेन्द्र राईले बताए। उनले पहिरोमा पत्नी र छोराहरू गुमाएका पीडित कुमारको परिवारलाई पाल, राहतका लागि गाउँपालिकाले तयारी गरेको उनले बताए। यसबाहेक अन्य जोखिमपूर्ण सार्वजनिक स्थल, विद्यालयहरूमा पूर्व सतर्कता गराईएको वडाध्यक्ष राईले बताए।

अविरल बर्षासँगै आएको पहिरोले भोजपुरमा ५ जनाको मृत्यु भइसकेको छ। गत असार २६ गते रामप्रसाद राई गाउँपालिकाकै बासीखोरामा एकजना र असार २७ गते टेम्केमैयुङ गाउँपालिकाको लेखर्कमा एकजना बालकको पनि मृत्यु भएको थियो। बासीखोराका ६६ वर्षिय जगतबहादुरको घरको छानोले पुरिएर र लेखर्कका १४ वर्षीय जनक विकको चर्पी बस्ने क्रममा पहिरोले चर्पीसँगै पहिरोले बगाएको थियो।

५ दिनको लगातार वर्षातले जमिन चर्किन, भासिन थालेसँगै खोलाखोल्सी, नदी बढेकाले विपदको उच्च जोखिमका कारण सतर्क रहन जिल्ला विपद व्यवस्थापन समिति तथा आपतकालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ। समितिका अध्यक्ष तथा प्रजिअ नुरहरि खतिवडाले सम्भावित बाढी पहिरोको विपत्लाई ख्याल गर्दै पर्याप्त स्रोतसाधनको व्यवस्था गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको बताए।

भोजपुर–धनकुटाको मुख्य सडक लगायत ग्रामीण सडकहरूमा पहिरोले अवरोध आएपछि जिल्लाबाट बाहिर जाने र आउने सवारीसाधन विचैमा रोकिएका छन्। जिल्लाभित्रका कच्ची सडकहरू हिलाम्मे र पहिरो खसेपछि सदरमुकाम आवतजावत गर्ने यात्रुबाहक सवारीसाधनहरू भासिएर अवरुद्ध भएका छन्। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकखण्ड अगत भैसीपंखाको गजुरमुखी भीरस्थित पहिरो खसेर बाटो अवरुद्धपछि जेसिबीले पहिरो हटाएपछि अहिले यातायात सञ्चालनमा आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.