कमला नदीको बाढीमा एकजना वेपत्ता
![कमला नदीको बाढीमा एकजना वेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/badhi-kamalanadi_20190713002456_CPuJm1Whu9.jpg)
सिरहा : कल्याणपुर नगरपालिका–६ का ५५ वर्षीय कामेश्वर यादव कमला नदीको बाढीमा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराका अनुसार ५५ वर्षीय कामेश्वरको खोजी कार्य भइरहेको छ । कमला नदीमा आएको बाढीले कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिका दर्जनौँ वडाको बस्तीमा पानी पसेको छ ।
डुबानमा परेकाहरुलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरिरहेको छ । शनिवार साँझसम्म २१९२ जनालाई डुबान भएको क्षेत्रबाट उद्धार गरिएको प्रहरी प्रवक्ता डिएसपी बोहराले बताए । १८३४ घर डुबानमा परेको उनले जानकारी गराए । बाढी प्रभावित एरिया सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)