राजदूत प्याकुरेलको राजीनामा

राजदूत प्याकुरेलको राजीनामा

काठमाडौं : श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ।

‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाउने, होस्ट सरकार ( श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाउने प्रतिवेदनको समेत उत्तर नदिने भएपछि यहाँ पद ओगटेर जनताको कर सकेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरलले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘सरकार अर्थात् राजनीतिक नेतृत्वप्रति कुनै गुनासो छैन। तर, कूटनीतिक सेवामा आएका कर्मचारीलाई यसरी नै छोड्ने हो भने उनीहरूले मुलुकलाई भड्खारोमा पार्छन्। उनीहरू कुनै पनि विषयमा कत्ति पनि गम्भीर छैनन्।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत प्याकुरेललाई पटकपटक पुनर्विचार गर्न आग्रह गरेका थिए। परराष्ट्र सचिव शंकारदास बैरागीले यस विषयमा केही बताउन चाहेनन्।

परराष्ट्र प्रवेश गरेको केही वर्षमै कार्यवाहकसमेत हुनेको आकांक्षा कस्तो होला भन्दै उनले भने, ‘मिसन चिफ भएपछि कर्मचारी सचिवको अन्डरमा हुने कि मिसन चिफको ? यस्ता विषयमा के स्वार्थ हुन्छ मन्त्रालयले स्पष्ट पार्नुपर्छ।’

लामो समय प्राध्यापनमा बिताएका अर्थविज्ञ प्राध्यापक प्याकुरेलले भने, ‘कूटनीतिक कर्मचारी केही प्रतिशतले आफ्नो मुलुकका लागि काम गरेका होलान्, अधिकांशले गर्दैनन्। उनीहरु बाहिरबाट राजदूत हुनेलाई कसरी हुन्छ असफल बनाउने नियतले काम गर्छन्, सहयोग गर्दैनन्। अध्ययन त परको कुरा। राम्रो व्यहोरामा लेख्नसमेत सक्दैनन्।’

प्याकुरेल चार वर्षका लागि २०७४ वैशाख २३ मा नियुक्ति लिएर श्रीलंका पुगेका थिए। सरकारले लामो अनुभव नभएका र दलीय भागबन्डामा राजदूत पठाइरहेका बेला अर्थविद्को राजीनामाले मुलुकको कूटनीतिक अवस्था कुन तहमा पुग्दैछ भन्ने सन्देश दिएको परराष्ट्रका एक अधिकारी बताउँछन्।

परराष्ट्रका एक अधिकारीले भने, ‘अघिल्ला पुस्ताका यस्ता हस्ती व्यक्तिलाई मन्त्रालयले टिकाउन सक्दैन भने हामी कूटनीतिज्ञ भनेर के हिँड्नु? ’ उनको राजीनामाले निराशझंै देखिएका राम्रो भविष्य बोकेका ती अधिकारीले भने, ‘हाम्रा कर्मचारीको नेतृत्व नै लोभ र अन्य काम अनि समूहमा फसेर कूटनीति क्षेत्र अहिलेसम्मकै निकम्मा हुन पुगेको छ।’ उनलाई शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा राजदूत नियुक्त गरिएको हो। देउवाको पालामा नियुक्ति लिएका तत्कालीन माओवादी कोटाका बाहेक अन्यलाई फिर्ता बोलाइए पनि राजदूत प्याकुरेल र जापानका लागि राजदूत रहेका प्रतिभा राणालाई फिर्ता बोलाइएको छैन।

‘एकजना अर्थतन्त्रका गुरुले परराष्ट्र मन्त्रालयका कर्मचारीको आचरण र प्रवृत्तिप्रति आपत्ति देखाएर राजीनामा दिएपछि यसमा हामी गम्भीर बन्नैपर्छ, कतै न कते हाम्रो कमजोरी छ,’, परराष्ट्रका एक अधिकारीले भने, ‘म बोल्छु तर मन्त्रालयमा सक्रिय भए सकाइदिन्छन्। उहाँको कमजोरी थियो भने मन्त्रालयले सुझाउन सक्छ। तर, किन त्यसो गरेनन्।’

प्याकुरेलले परराष्ट्रका कर्मचारीको स्वार्थ अनुकूलको काम नगरेपछि सहयोग नमिलेको बताए। उनले भने, ‘सरकारप्रति मेरो गुनासो छैन। राजनीतिक नेतृत्वप्रति पनि मेरो गुनासो छैन। परराष्ट्र मन्त्रीसँग त व्यक्तिगत रुपमा मेरो कुनै असमझदारी पनि छैन।’  साउन १ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ। अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुरेल फुलब्राइट स्कलर हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.