पहिरोले निर्माणधिन प्रसूति केन्द्रको भवनमा क्षति
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ५ मा निर्माणधिन प्रसूति सेवा केन्द्रको भवनमा पहिरो खस्दा छाना र ट्रसमा क्षति पुगेको छ। भैंसगौंडा 'पल्लाचौंडाली' औंला सडकबाट खसेको पहिरो प्रसूति सेवा केन्द्रको निर्माणधिन भवन परेको हो।
पहिरोले निर्माण कार्य अन्तिम चरणमा रहेको केन्द्रको छानो र ट्रसमा क्षति पुर्याएको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिए । उनले भने, ' हिजो वर्षासँगै आएको पहिरोले निर्माणधिन प्रसूति सेवा केन्द्रको भवनमा क्षति पुर्याएको छ।केन्द्रको तलतिर पनि पहिरो जाने सम्भावना बढेको छ।'
बिना स्टमेट डोजरले काटिएका कच्ची सडकले विभिन्न ठाउँमा क्षति पुर्याउन थालेका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको २० लाखको सहयोगमा सो प्रसूति सेवा केन्द्रको भवन निर्माण भइरहेको हो।
प्रतिक्रिया दिनुहोस !