तस्बिरमा २०६ औं भानु जयन्ती
काठमाडौं : आइतबार विभिन्न कार्यक्रम गरेर २०६ औं भानु जयन्ती मनाइएको छ । भानु जयन्तीको अवसरमा काठमाडौंमा प्रभातफेरी तथा नगर परिक्रमा गरिएको छ।
भानु प्रतिष्ठानले राजधानीमा भानु जयन्ती आयोजना गरेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको प्रभातफेरी पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै पुनः प्रज्ञामा पुगेर समापन भएको थियो।
भानु जयन्तीको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणा गरिएको छ।
तस्बिर : रोज्वे रेग्मी