बर्सेनी पहिरोकै पिरलो

बर्सेनी पहिरोकै पिरलो

बैतडी : वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका बांगाबगरका स्थानीय पहिरोको त्रासमा छन्। २०६४ सालमा खसेको पहिरोले ६ परिवार विस्थापीत भएका थिए भने खेतबारी बगरमा परिणत भयो। त्यसयता निरन्तर बांगाबगरमा पहिरोले घरबारी बगाउँदै आएको स्थानीय सुरेश श्रेष्ठले बताए।

गरीखाने बारी पनि पहिराले बगाएपछि दलित समुदायका नागरिकलाई झन् समस्या भएको छ। ‘अन्यत्र जाने कतै ठाउँ छैन्। आफ्नो नाममा भएको जमीन पहिरोमा पुरियो। तीन वर्षदेखि टीनको टहरामै बसेका छौं। यही टहरो पनि कतिबेला बगाउँछ पत्तो छैन’ पहिरो पीडित धनीराम भुलले भने, ‘वर्षात सुरु भएदेखि एकरात पनि निदाउन सकेको छैन।’ धान फल्दै आएको खेत पहिरोले बगर बगाएपछि किनेरै गुजारा चलाउने गरेको काली भुलले बताइन्। ‘घर पहिरोले पु¥यो, खेतमा चमेलियाको बगर छ। बाँकी रहेको खेत पनि कतिबेला बगाउने हो भन्ने चिन्ता छ।’

बांगाबगर पहिरोले एकसय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन बगरमा परिणत भएको थियो। १५ परिवार विस्थापीत छन्। स्थानीय व्यापारी अमर नाथले भने, ‘हरेक वर्ष पहिरो आउने भए पनि रोकथामका लागि कुनै पहल भएको छैन, बर्खाका तीन महिना पहिरोकै पिरालोमा बित्ने गर्छन्।’ हरेक वर्ष आउने पहिरोले महाकाली लोकमार्ग पनि पटक–पटक अवरुद्ध हुँदै आएको छ। गत वर्ष गाउँमाथि खनेको कच्ची सडकले पनि अर्को पहिरो खस्न थालेको स्थानीय उनले बताए।

डिलाशैनी गाउँपालिकाकै साउनगाउँ, देवगाउँ, नगराउँ, ल्वारीखेत लगायतका बस्ती पहिरोको जोखिममा छन्। गतवर्षको पहिरोले घरबारी पुरेपछि दोगडाकेदार गाउँपालिका–६ का लोगसिंह भाटको परिवार विस्थापीत भयो। भाट जस्तै यहाँका एकसय ५० परिवार जोखिमपूर्ण क्षेत्रमा बसेका छन्। वि.सं २०१८ सालदेखि खस्न थालेको पहिरो अँझै रोकिएको छैन।

डोल पहिरोमा हालसम्म ९ जनाको ज्यान गएको छ। अझै पनि पहिरो खस्ने क्रम नरोकिएको स्थानीय वीरबहादुर चन्दले बताए। पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालिन राजा विरेन्द्रले निर्देशन दिएका थिए। तर हालसम्म यो बस्ती त्यही पहिरोमुनि बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.