घरमा आगो लाग्दा ५ लाखको क्षति
बैतडी : बैतडी जिल्लास्थित एक घरमा आगो लाग्दा ५ लाख बराबरको क्षति भएको छ। पञ्चेश्वर गाउँपालिका—५ लार्कोटका हजारी चन्दको घरमा मंगलबार दिउँसो आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
आगालागी कारण चन्दको दुईतले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। चुलोबाट सल्कीएको आगो घरभरी फैलिएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया दिनुहोस !