मोरङकाे सुनवर्षीमा एक बालिकाको मृत्यु, एक वेपत्ता

मोरङकाे सुनवर्षीमा एक बालिकाको मृत्यु, एक वेपत्ता

विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–२ स्थित पैनीले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका वेपत्ता छिन् ।

कल्भर्टबाट पैनीमा खसेर यस्तो घटना भएको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुका अनुसार पथरीशनिश्चरे नगरपालिका–६ का राजीव तामाङकी छोरी ११ वर्षीया श्रृजना तामाङ र राजीवकै घरमा बस्दैआएकी इलाम दानाबारीका कृष्ण तामाङकी छोरी ८ वर्षीया प्रिती पैनीमा डुबेर बेपत्ता भएका थिए ।

सुनवर्षी–४ स्थित फूपुको घरमा साइकल चढेर जाने क्रममा सुनवर्षी–२ मा रहेको कल्भर्टकबाट साइकलसहित पैनीमा खसेका थिए । प्रहरीका अनुसार वेपत्ता भएकामध्ये घटनास्थलबाट लगभग सय मिटर तल प्रितीको शव फेला परेको हो । श्रृजना अझै वेपत्ता रहेको र खोजी तिव्र पारिएको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.