लागु औषधसहित सहायक हवल्दार पक्राउ

लागु औषधसहित सहायक हवल्दार पक्राउ

विराटनगर :  सशस्त्र प्रहरीकै संलग्नतामा भारतबाट नेपालतर्फ लागुऔषधको अवैध ओसारपसार हुने गरेको तथ्य सार्वजनिक भएको छ। भारतसँगको खुला सीमाको फाइदा उठाएर बर्दी र परिचयपत्रको दुरुपयोग गर्दै कानुनद्वारा बर्जित लागुऔषधको अवैध ओसारपसारमा सशस्त्र प्रहरी संलग्न रहने गरेको खुलेको हो। 

भारतको जोगवनीबाट ल्याइएको लागु औषधसहित विराटनगर महानगरपालिका-१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्रका सहायक हवल्दार मंगलबार साँझ पक्राउ परेका छन्। 

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान उपमहानगरपालिका-२ घर भई सुनसरीकै अमडुवास्थित बिओपी पोस्टमा कार्यरतसहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगरलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले झोला चेकजाँच गर्दा लागुऔषध भेटिएको बताए। 

उनको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाइजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको डीएसपी खिउजुले बताए। पक्राउ परेका सहायक हवल्दार थापा मगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.