करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

विराटनगर : मोरङ र सुनसरीमा करेन्ट लागेर मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका-५ मा रहेको जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको हो।

गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको बिग्रिएको होडिङ बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर कार्की घाइते भएका थिए। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार घाइतेको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा साँझ ७ बजे मृत्यु भएको हो। 

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका८ का १८ वर्षीय अजय मेहताको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते मेहताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा साँझ ८ बजे मृत्यु भएको जानकारी एसएसपी दाहालले दिए ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.