बजारमा अभावसँगै तरकारीको मूल्य बढ्यो

बजारमा अभावसँगै तरकारीको मूल्य बढ्यो

विराटनगर : वर्षासँगैको बाढी र डुवानका कारण तरकारी बजारमा अभाव भएपछि मूल्य आकासिएको छ। बाढी र डुवानले कृषकले लगाएको तरकारी नष्ट भएपछि बजारमा अभाव सुरु भएको हो। अचाक्ली मूल्य बढेसँगै उपभोक्ता भने मारमा परेका छन्। 

विराटनगरको गुद्री बजारस्थित तरकारीका थोक विक्रेता पशुपति भगतले तराई क्षेत्र डुवानमा पर्दा तरकारीको अभाव हुुनु स्वभाविक रहेको बताए। 
‘डुवानबाट बचेको तरकारी ल्याएर कृषकले विक्री गरिरहेका छन्,’ भगतले भने, ‘दिन प्रतिदिन माग बढे पनि आवश्यकता अनुसार तरकारी पनि बजारमा आउन सकिरहेको छैन।’ 

उनले आलु र प्याज बाहेक बजारमा सबै खाले तरकारीको अभाव हुन थालेको जानकारी दिए। ‘अहिले प्याजको त मूल्य घटेको छ। पहिले ४० रुपैयाँ किलो पर्ने प्याज अहिले ३५ रुपैयाँ मात्रै पर्छ,’ भगतले भने, ‘पुरानो आलु २२ रुपैयाँ र नयाँ ५० रुपैयाँ किलो छ।’

पहिले प्रति किलो ३० रुपैयाँसम्ममा पाइने टमाटर अहिले ९० रुपैयाँ पुगिसकेको छ। प्रति किलो १० रुपैयाँमा पाइने भिन्डी ४०, २० को पर्वल ६०, ४० को खुर्सानी एक सय ६०, २० को बैगुन ५०, १० को स्कुस ३०, २० को करेला ६० र प्रति किलो ३५ रुपैयाँको झिग्नीको मूल्य ७० रुपैयाँ पुगेको भगतको भनाइ छ। 

उपभोक्ता भने बाढीका नाममा तरकारीको मूल्य आकासिएको गुनासो गर्छन्। तरकारीका थोक विक्रेता रन्जीत गुप्ताले तरकारी आपूर्ति बढी हुने स्थान धेरै डुवानमा परेर कृषकले क्षति बेहोर्नु पर्दा यस्तो समस्या आएको बताए। पहाडी भागबाट आउने सवारी साधन समेत ठाँउठाँउमा रोकिँदा मूल्य आकासिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.