सुदूरपश्चिमको बजेट  : असारमा मात्रै सबा ४ अर्ब खर्च

सुदूरपश्चिमको बजेट  : असारमा मात्रै सबा ४ अर्ब खर्च

धनगढी  : सुदूरपश्चिम प्रदेश सरकारले विकास बजेटको ३५ प्रतिशत भन्दा बढी  रकम असारमा मात्रै खर्च गरेको छ । गत आर्थिक वर्ष २०७५÷७६ को कुल ११ अर्ब ७१ करोड विकास बजेट रहेकोमा असारमा मात्रै चार अर्ब २१ करोड रकम खर्च गरेको हो । 

त्यसमा पनि अझ असार १५ यतामात्रै तीन अर्ब ५९ करोड रकम खर्च भएको छ । पुँजीगत खर्चको शिर्षक भित्रै रहेका विलासिताका बस्तु, सवारी साधन, फर्निचरका सामान सीधै मन्त्रालयले किन्नुबाहेक पूर्वाधार निर्माणका लागि २०७५  मंसिरसम्म, पुँजीगत बजेटमा प्रदेश सरकारले हातै लगाएको थिएन । 

पहिले कर्मचारी र मातहतका कार्यालय नै थिएनन्। मंसिरमा मातहतका कार्यालयहरु स्थापना भएपछि सुरु भएको पुँजीगत बजेटको खर्च, जेठमा ३३ प्रतिशत पुग्यो । असार मसान्तसम्म त्यो खर्च बढेर ६२ प्रतिशत पुगेको छ । प्रदेश सरकारले असार १५ यता मात्रै तीन अर्ब ५९ करोड रकम खर्च गरेको प्रदेश लेखानियन्त्रक बाशुदेब जोशी पुष्टि गरे । 

असार मसान्तको दिन मात्रै झण्डै डेढ अर्ब रकम भुक्तानी भएको छ । असारमा मात्रै गरिने विकासले यस्तो अवस्था आएको भन्दै सर्वत्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशको पनि उही रुप देखिएको छ। प्रदेश कोष लेखानियन्त्रक बाशुदेब जोशीले भने भुक्तानीका लागि असारमा मात्रै आउने प्रवृत्ति भएकाले आर्थिक प्रगती असारमा मात्रै बढी देखिएको तर्क गरे ।

‘असारको अन्त सम्म काम गरेर विल भरपाई ल्याउने चलन छ, त्यसैले काम अघि भएपनि भुक्तानी भने असारमै बढी देखिएको हो’ जोशीले भने- ‘जुनसुकै वर्षको असारमा मात्रै आर्थिक प्रगती बढी हुनेगर्छ ।’

प्रदेश सरकार मातहतका कार्यालय,मंसिरमा मात्रै स्थापना भएभने पुजीगत खर्चको प्रक्रिया पुसदेखि सुरुभयो । चैतको मसान्तसम्म मन्त्रालयहरुले विलासिताका सामान मात्रै किनेर पुँजीगत बजेटको प्रतिशत बढाए । सुदूरपश्चिम सरकारले असार मसान्तसम्म २९ करोडका सवारी साधन मात्रै खरिद गरेको छ । 

प्रदेशको पूर्वाधारको बजेट खर्च गर्नमातहतका निकायको अभाव, प्राविधिकको अभाव जस्ता कारणले ढिलो खर्च सुरु भएको सरकारको दाबी छ । 

प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले प्रदेश सरकारले, कर्मचारी अभाव, कर्मचारी समायोजन र मातहतका कार्यालयहरुको स्थापनामा भएको ढिलाईले पुँजीगत खर्चको ६२ प्रतिसत मात्रै खर्च भएको दाबी गरे।

आन्तरिक मामिलातथाकानूनमन्त्री समेत रहेका प्रवक्ता शाहल चालु आर्थिक वर्ष २०७६÷७७ मापुँजीगत बजेट शत प्रतिशत खर्च हुने दाबी गरे । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.