मोरङमा बस र भ्यान ठोक्‍किँदा दुईको मृत्यु, २६ घाइते (अपडेटसहित)

मोरङमा बस र भ्यान ठोक्‍किँदा दुईको मृत्यु, २६ घाइते (अपडेटसहित)

विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका-१० शिविर डाँडामा बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। 

एक जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार उपचारका लागि लग्दै गर्दा बसका सह-चालक कानेपोखरी गाउँपालिका-३ का ३१ वर्षीय टिकाराम थापाको बाटोमै  मृत्यु भएको हो। थापाको शव पोस्टमार्टमका लागि विराटनरको कोसी अस्पतालमा राखिएको छ। 

बसले किचिरहेको अवस्थामा घटनास्थलबाट एकजनाको शव निकालेर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको अधिकारीले बताए। मृतकको गोजीमा ३० रुपैयाँ पैसा बाहेक कुनै पनि परिचय खुल्ने कागजात नभेटिएकाले सनाखत हुन सकेको छैन।

बिहीबार बिहान ९ बजेतिर भएको दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। मोरङको कानेपोखरी-३ की ६० वर्षीय दुर्गादेवी बस्नेत र कानेपोखरी- ४ की ५० वर्षीया खिनमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस्नेतको न्युरो र लिम्बूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

डीएसपी अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो। बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो। भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। 

डीएसपी अधिकारीका अनुसार तत्काल घटनास्थलमा पुगेर प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरेर पथरी अस्पतालमा उपचारका लागि भर्ना गरेको थियो। पथरीमा उपचार सम्भव नभएपछि अधिकांश घाइतेलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण र न्युरो लगायतका अस्पताल पठाइएको उनको भनाइ छ। 

दुर्घटनामा बस र भ्यानमा क्षति पुगेको छ। सडकमा पल्टिएको बस स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उठाएको थियो । बस चालक कानेपोखरी-४ का ३५ वर्षीय कूलबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। 

घाइतेको विवरण

मोरङ कानेपोखरी गाउँपालिका-३ की ६० वर्षीय दुर्गादेवी बस्नेत, कानेपोखरी- ४ की ५० वर्षीय खिनमाया लिम्बू,  कानेपोखरी-३ की ७ वर्षीय आयुषा बस्नेत, ५७ वर्षीय मित्रबहादुर बस्नेत, ५० वर्षीय प्रविण दाहाल, तारा लिम्बू र अबिसेक राई घाइते भएका छन्।

त्यस्तै कानेपोखरी गाउँपालिका-४ का शरणबहादुर कार्की, नगेन्द्र कार्की, ८७ वर्षीय निर्मल गिरी, ७७ वर्षीय प्रेमबहादुर कार्की र कानेपोखरी-५ की कबिसा दाहाल पनि घाइते भएका छन्। 

अन्य घाइतेमा पथरीशनिश्चरे नगरपालिका-१ का ९ वर्षीय उत्सव कार्की, ४ की ४६ वर्षीय लक्ष्मी दाहाल, ५ की सीता खतिवडा, ८ की धनमाया दाहाल, रिजन दाहाल र मोरङको उर्लाबारी नगरपालिका-३ की १४ वर्षीय अविसा खतिवडा छन् । 

यस्तै दुर्घटनामा परेर झापाको कमल गाउँपालिका-६ की ६४ वर्षीय भीमादेवी लोहनी, हल्दीबारी गाउँपालिका-२ का पिकअप चालक २३ वर्षीय नविन आचार्य, पिकप सह-चालक वर्ष २३ को टंकबहादुर भुषाल, दमक नगरपालिका-८ की १३ वर्षीय प्रविना भट्टराई, अर्जुरधारा नगरपालिका-९ का १० वर्षीय अभिषेक कार्की, ५७ वर्षीय श्याम कार्की, बिर्तामोड नगरपालिका-४ का ४० वर्षीय जीवन बराईली र पाँचथर थर्पुकी ५५ वर्षीय मदनकुमारी चापागाई घाइते भएका छन्।          


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.