वडाध्यक्षको दुर्घटनामा मृत्यु

वडाध्यक्षको दुर्घटनामा मृत्यु

बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सतबाँझबाट खोचलेकतर्फ जाँदै गरेका अध्यक्ष चन्दको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनी चढेको से १ प १११४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनापछि वडाध्यक्ष चन्द गम्भीर घाइते भएका थिए । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चन्दलाई मृत घोषणा गरिएको हो ।

घटना बिहीवार करिब साँझ ५ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनी अर्को मोटरसाइकलमा सवार थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.