सुरक्षाकर्मी नै लागुऔषधको चंगुलमा फसेपछि...

सुरक्षाकर्मी नै लागुऔषधको चंगुलमा फसेपछि...

विराटनगर : सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थापामगरको नेपाल–भारत आउजाउ बाक्लै हुन्थ्यो ।

सशस्त्रमा बहालवाला भए पनि शंकास्पद रुपमा सीमा क्षेत्रबाट जोगवनी जाने र आउने क्रम बढ्न थालेपछि उनीमाथि नेपाल प्रहरीले निगरानी बढायो । लागुऔषध सेवनकर्ताका रुपमा उनलाई लामै समयदेखि नेपाल प्रहरीले निगरानीमा राखेको थियो ।

धरान उपमहानगरपालिका–६ घर भएका उनलाई मंगलबार साँझ भने नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्‍याे ।

उनले साइकलमा झुन्ड्याएको नाइलनको झोलामा लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरी जम्मा तीन सय नौ एम्पुल लागुऔषध फेला प¥यो । यसको खुलेआम किनबेच हुने भारतको जोगवनी बजारबाट उनले ल्याएको पत्ता लाग्यो ।

‘सशस्त्र प्रहरीमा कार्यरत भए पनि हामीले सेवनकर्ताका रुपमा मात्रै हेरेर निगरानीमा राखेका थियौँ,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘तर पक्राउ गरेपछि साथबाट ठूलै परिणाममा लागुऔषध नै बरामद भयो ।’

प्रारम्भीक अनुसन्धानबाट उनले पछिल्लो समय लागुऔषध बिक्री गर्ने भारतीय डिलर र नेपालमा अवैध रुपमा यसको कारोवार गर्ने व्यापारीको बीचमा पुलको काम गर्ने भरिया बनेर लागुऔषधको ओसारपसार गर्न थालेको खुलेको ती अधिकारीले बताए । अनुसन्धानबाटै उनी एक वर्षदेखि लागुऔषध सेवनकर्ता समेत रहेको पत्ता लागेको छ ।

‘लागुऔषध सेवन गर्न थालेपछि थापामगरलाई पैसा पनि अपुग भयो । भारतबाट नेपालमा लागुऔषध भित्र्याउने भरियाको काम गर्न थालेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

उनले भारतीय डिलर सञ्चालकबाट नेपाली व्यापारीसम्म ल्याइदिए वापत निश्चित रकम प्राप्त गर्ने गरेको पनि खुलासा भएको छ । यसरी प्राप्त गरेको रकमले जोगवनी पुगेर आफैँ लागुऔषध सेवन गर्ने गरेको पत्ता लागेको बताइएको छ । लागुऔषधको कुलतमा फसेपछि लगभग ८ महिनादेखि थापामगरले यो काम गर्न थालेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले भारतीय डिलरसँग सम्पर्कमा रहेर थापामगरलाई सघाउने धरानका एक व्यक्तिलाई पनि बिहीवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–६ का २४ वर्षीय सुनिल भनिने चन्द्रबहादुर रानामगर छन् । सहायक हवल्दार थापामगरले जोगवनीबाट ल्याइदिएको लागुऔषध धरानबाट पूर्वी पहाडी जिल्ला र पूर्वकै विभिन्न सहरमा ‘सप्लाइ’ गर्ने धन्दामा रानामगरको संलग्नता रहेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउजुले बताए ।

लागुऔषधको चंगुलमा फसेका थापामगरसँग रानामगरको कनेक्सन देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापामगरले आफू सशस्त्रमा कार्यरत रहेको भन्दै परिचयपत्र देखाएर बर्दी र परिचयपत्रको आडमा अवैध गतिविधी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानामगर पनि लागुऔषधका सेवनकर्ता र अवैध रुपमा अन्यत्र ‘सप्लाइ’ गर्ने व्यापारी हुन् । उनले दिएको १९ हजार रुपैयाँ र केही रकम रानामगरकै नाममा डिलरसँग बाँकी राखेर सहायक हवल्दार थापामगरले जोगवनीबाट लागुऔषध खरिद गरेर ल्याएको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.