लन्डनका राता बसमा नेपालको प्रचार

लन्डनका राता बसमा नेपालको प्रचार

लन्डन : बेलायतको राजधानी लन्डनलाई चिनाउने विशेषतामध्ये रातो बस पनि हुन्। दिनहुँ लाखौं यात्रु बोकेर लन्डनभर गुड्ने यी राता बसका भित्ता यतिबेला नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्रीले रंगिएका छन्।

लन्डनस्थित नेपाली दूतावासका अनुसार करिब दुई दर्जन रुटका ५० बसमा 'नेपाल लाइफटाइम एक्सपिरियन्स' का पोस्टर टाँसिएका छन्।

पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लन्डनका प्रमुख क्षेत्र भएर गुड्ने बसमा नेपालको प्रचार गरिएको हो। 

मंगलबारदेखि सुरु भएको यो प्रचार अभियान दुई सातासम्म कायम रहने छ। यस अवधिमा यी बसमा राखिएका विज्ञापन करिब ४५ लाख मानिसमाझ पुग्ने अपेक्षा छ। लन्डनमा विभिन्न व्यवसायिक तथा च्यारिटी उद्देश्यका लागि गरिने प्रचारको लागि राता बस प्रभावकारी माध्यम मानिन्छन्।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनको शिलशिलामा लन्डनका राता बसमा नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्री राखिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। यसअघि लन्डनको लर्डस् क्रिकेट मैदाननजिकैको सेन्ट जोन्स् उड अडरग्राउन्ड रेल स्टेसनमा पनि नेपाल भ्रमण वर्षको प्रचार तस्विर राखिएको थियो।

नेपाल भ्रमण वर्षमा बेलायतबाट मात्रै १ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा दूतावासले विभिन्न  कार्यक्रम गर्दै आएको छ। राजदूत डा. दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा नेपाली समुदायका अगुवा रहेको नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय तयारी समिति युके गठन गरिसकिएको छ।

सन् २०२० सम्म लन्डन र लन्डनबाहिरका विभिन्न सहरसहित वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्यान्डमा समेत विभिन्न कार्यक्रम गर्ने समितिको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.