उच्च अदालतमा मुद्धाको चाप

उच्च अदालतमा मुद्धाको चाप

दाङ : उच्च अदालत तुलसीपुरमा मुद्दाको संख्या बढ्दै गएको छ। यो वर्ष झण्डै २५ प्रतिशत मुद्दा बढेको अदालतले जनाएको छ। उच्च अदालत तुलसीपुरका रजिस्ट्रार रामप्रसाद भट्टराईका अनुसार २०७५/७६ मा नयाँ ६ सय १७ मुद्दा दर्ता भएका थिए। त्यस्तै अदालतमा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४ सय ९३ मुद्दा मात्र दर्ता भएको तथ्यांक छ।

उच्च अदालत तुलसीपुरमा आर्थिक वर्ष २०७४/७५ को तुलनामा २५ दशमलव २५ प्रतिशतले मुद्दा बढेका हुन। नागरिकमा न्यायिक निकायप्रतिको विश्वसनियता बढ्दै गएको, नागरिकमा सचेतना बढ्नु, न्यायको पहुँच बढनु, र बढ्दो जनसंख्याले पनि मुद्दा संख्या बढाएको हुन सक्ने उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले बताए।

‘अदालतमा मुद्दा बढ्दै जानुको सकारात्मक कारण नै अदालतले गर्ने न्याय सम्पादनमा नागरिकको विश्वसनीयता र पहुँच बढ्दै जानु हो, उनले भने, ‘अर्को कुरा नागरिकमा सचेतना पनि यसको कारण हो। ‘अदालतमा मुद्दा बढ्दै गए पनि न्याय सम्पादनको काम पनि वर्षेनी बढ्दै गएको छ।’ अदालतमा मेलमिलाप मार्फत हुन सक्ने मुद्दा मेलमिलापमै समाधान हुने गरेका छन्। उच्च अदालत तुलसीपुरमा मेलमिलाप सम्बन्धि ११४ मुद्दा मध्ये २९ वटा मुद्दा फछ्र्योट गरेको सुवेदीले बताए।

यसैबीच उच्च अदालत तुलसीपुरले यस वर्षदेखि वाणिज्य इजलास गर्ने भएको छ। तुलसीपुरमा वाणिज्य इजलास नहुँदा वाणिज्य सम्बन्धि मुद्दाका लागि नेपालगन्ज तथा अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको मुख्य न्यायाधीश सुवदीले जानकारी दिए।

उच्च अदालत तुलसीपुरमा आवश्यक जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ। अदालतका मुख्य न्यायाधीश सुवेदीका अनुसार अदालतमा ६ जना न्यायाधीशको दरबन्दी भए पनि अहिले ४ जना न्यायाधीश मात्रै हुँदा कार्य सम्पादनमा कठिनाइ भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.