धनगढी विस्फोट अपडेट : पड्केको थियो घाइतेले बोकेको टिफिन बक्स

धनगढी विस्फोट अपडेट : पड्केको थियो घाइतेले बोकेको टिफिन बक्स

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बिहीवार साँझ भएको विष्फोटमा परी पाँचजना घाइते भएका छन्।

धनगढीको चटकपुरमा रहेको सहिदगेट नजिकैको मिलन होटलमा ७ बजेतिर विष्फोट भएको हो। विष्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंह, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का लक्ष्मण सेरेला, होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे घाइते भएका छन्।

ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरी छर्रा लागेको छ भने खानको मुखमा ठूलो चोट छ। घाइतेमध्ये राम सिंह र लक्ष्मण सेरेलाको अवस्था गम्भीर छ।

राम सिंहको कम्मरमुनीको पूरै मासु झरेको छ भने लक्ष्मणको शरीरभरी चोट लागेको छ। दुबैजनालाई धनगढीको माया मेट्रो अस्पतालले रेफर गरे पनि अन्यत्र अस्पतालमा लैजानुपर्ने हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन्।

प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेका अनुसार केही बेरअघि आएका राम सिंहको झोलामा भएको वस्तु विष्फोट भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि राम सिंहले बोकेको झोलामै राखेको वस्तु विष्फोट भएको बताएका छन्।

प्रहरीका अनुसार राम सिंहले पिठ्युँमा झोला भिरेका थिए। ‘उनी झोला सहित होटलभित्रको बेञ्चमा बस्ने बित्तिकै विष्फोट भएको थियो। त्यहाँ स्टीलको टिफिनका टुक्रा भेटिएका छन्,’ प्रहरी उपरीक्षक सुदीप गिरीले भने।

प्रहरीेले राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने आशंका गरेको छ। दुबैजना सँगै होटलमा आएको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेको छ। म्यागजीनभित्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेकाले प्रहरी उपरीक्षक गिरीले बताए।

‘घटनास्थलमा ९ एमएममको चाइनीज पेस्तोल पनि भेटिएको छ, त्यसमा राउण्ड लोडेड छन्, त्यसले पनि विष्फोटमा विप्लव समूह वा अरु कुनै अवाञ्छित समूह हुनसक्छ’ प्रहरी उपरीक्षक गिरीले भने।

प्रदेशको राजधानीमै भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, सशस्त्र प्रहरी उपरीक्षक विष्णुदत्त भट्ट, प्रहरी उपरीक्ष सुदीप गिरी सहितका सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.