धनगढी विष्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी विष्फोटमा गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी : धनगढीमा बिहीबार बेलुकी भएको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ।बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। विष्फोटमा उनको कम्मरमुनिका मासु खसेको थियो।

विष्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए। धनगढीको चटकपुरमा रहेको सहिद गेट नजिकैको नीलम होटलमा बेलुकी ७ बजेतिर विष्फोट भएको थियो।

यस्तै अर्का घाइते कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेलाको अवस्था पनि गम्भीर छ। उनको पनि कम्मर आसपासको क्षेत्रमा शरीरभित्र फलामका टुक्रा अड्किएका छन्। उनको, आज सल्यक्रिया गरेर शरिरमा रहेका फलामका टुक्रा निकालिने अस्पतालका डाक्टर पुजन पन्तले बताए।

विष्फोटमा होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे पनि घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ।  

ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरि छर्रा लागेको छ भने खानको मुखमा ठुलो चोट लागेको छ।

मृतक राम सिंहले झोलामा बोकेको टीफिन बक्स विष्फोट भएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी होटल सञ्चालक पाण्डेले पनि राम सिंहको झोलामा भएको बस्तु विष्फोट भएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले पनि राम सिंहले बोकेका झोलामा राखेको स्टीलको टिफिन विष्फोट भएको बताए।

उनको झोलामा रहेको स्टीलको खाना बोक्ने टिफिन विष्फोट भएकाले उनलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। ‘राम सिंहले पिठ्युमा झोला भिरेका थिए, उनी झोला सहित होटलभित्रको बेन्चमा बस्ने बित्तिकै विष्फोट भएको छ, त्यहाँ स्टीलको टिफनका टुक्राहरु भेटिएका छन्’ प्रहरी उपरीक्षक सुदिप गिरीले भने।

प्रहरीले राम सिंह र उनीसँगै रहेका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेला विप्लव माओवादीका कार्यकर्ता हुनसक्ने आशंका गरेको छ। यद्यपी अनुसन्धानमै भएकाले त्यसको पुष्टी भने प्रहरीले गर्न सकेको छैन।

घटनास्थलबाट प्रहरीले एक थान ९ एमएमको चाइनीज पेस्तोल पनि बरामद गरेकाले विष्फोटक बोकेका व्यक्ति विप्लवका कार्यकर्ता हुनसक्ने अनुमान गरेको गिरीले बताए। म्यागजिनभीत्र गोली भरिएको अवस्थामा पेस्तोल फेला परेका प्रहरी उपरिक्षक गिरिले जानकारी दिए।

विष्फोट भएका बेला प्रहरीलाई ग्यास सिलिन्डर विष्फोट भएको खबर गरिएको थियो, तर घटनास्थलमा हेर्दा नीलम होटलमा राखिएका तीन वटै सिलन्डर सद्धे देखिएपछि विष्फोटक पदार्थ नै विष्फोट भएको प्रहरीले जनाएको छ।

‘घटना स्थलमा ९ एमएमको चाइनीज पेस्तोल पनि भेटिएको छ, त्यसमा राउण्ड लोडेड छन्, त्यसले पनि विष्फोटमा विप्लव वा अरु कुनै वाञ्छित समुह हुनसक्छ’ प्रहरी उपरिक्षक गिरीले भने। प्रदेशको राजधानीमै भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, शसस्त्र प्रहरी उपरीक्षक विष्णुदत्त भट्ट, प्रहरी उपरीक्ष सुदीप गिरी सहितका सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए।

राम सिंहको शव भने राती नै सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.