वडाध्यक्षको कुटाइबाट ९ वर्षीय बालक घाइते

वडाध्यक्षको कुटाइबाट ९ वर्षीय बालक घाइते

दाङ : दाङमा जनप्रतिनिधिको कुटाइबाट नौ वर्षीय बालक घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले स्थानीय नौ वर्षीय बालकलाई कुटपिट गरेर घाइते बनाएको आरोप लागेको छ। आफ्नो घर अगाडिको फूल टिपेको र नजिकै रहेको मिलभित्र आवत-जावत गरेको निहुँमा वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीलाई कुटपिट गरेका हुन्।

वडाध्यक्षको घर अगाडि खेलिरहेका ४-५ जना बालबालिकामध्ये बालक घर्तीलाई फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालककी आमा रैमता घर्तीले बताइन्। कुटपिटबाट बालको बायाँ कान र पेटमा चोट लागेको उनको भनाइ छ। 

घाइते बालकको घोराहीको नयाँबजारमा रहेको नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ। बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने उपचारमा खटिएका डाक्टर विक्रम बुढाथोकीले बताए। 'बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ, छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुन्छ', उनले भने।

बालकले आफुहरु बदमासी नगरी खेलिरहेको र फूल पनि नटिपेको बताएका छन्। वडाध्यक्ष सार्कीले बाललकलाई आफुले नकुटेको दावी गरेका छन्। 'मैले त्यसरी कुटेको हैन। फूल टिप्ने र नजिकै रहेको मीलमा आवत जावत गरिरहेकाले उनीहरुलाई सम्झाएर पठाएको हो', उनले बताए। 

उनले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक पटक टाउकामा हानेको स्वीकार गरे। सामान्य हो त्यो पनि मिलतिर जाने-आउनेृ गरेको हुँदा केहि दुर्घटना होला भनेर उनीहरुलाई त्यहाँबाट सम्झाएर पठाएको हुँ', उनले भने, 'अहिले त्यो ठूलो विषय बने छ। प्रहरीमा छलफल चलिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.