हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट पुरस्कृत
मोरङ : नमुना वनका रुपमा परिचित मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित हरियाली सामुदायिक वन मुलुक भरबाट उत्कृष्ट बन्न सफल भएको छ ।
देशभर रहेका २२ हजार समुदायिक वनमध्येबाट यो वन उत्कृष्ट भएको हो । नेपालकै उत्कृष्ट भएसँगै वन मन्त्रालय अन्तरगत वन तथा भूसंरक्षण विभागले २०७६ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ बाट पुरस्कृत गरेको हो ।
एक लाख रकमसहितको पुरस्कारबाट पुरस्कृत भएपछि शुक्रबार वन उपभोक्ता समूहले पत्रकार सम्मेलन गर्दै जानकारी दियो । समूहले उपभोक्ता र वन कर्मचारीहरुसँग भेटघाट गरेर खुसियाली साटासाट समेत गरेको छ । वन विभागले असार ३१ गते काठमाडौमा पुरस्कार वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
४