दाङमा दुई दिनदेखि बालिका वेपत्ता
दाङ : दाङमा दुई दिनदेखि एक बालिका बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुरबाट शुक्रवारदेखि हराएकी हुन् ।
तुलसीपुर बजार आएकी कुँवर हराएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । शुक्रवार घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा छ ।
वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेकी बालिकाकी आमा राधा कुँवरले जानकारी दिइन् ।