उपन्यास ‘शकुनी’ सार्वजनिक

उपन्यास ‘शकुनी’ सार्वजनिक

काठमाडौं : महाभारतको विवादास्पद पात्रमाथि लेखिएको राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक भएको छ। सर्वनाम थिएटरमा शुक्रबार सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरेका हुन्।

उपन्यासलाई मात्र मञ्चमा राखेर फरक शैलीले आयोजना गरिएको कार्यक्रममा कुनै विशेष मञ्च र अतिथि राखिएन। उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरेका थिए। 
वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परीक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए। ‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने।

बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए। उनका अनुसार आत्मपरक शैलीमा लेखिएको उपन्यासले विवाद सृजना गर्ने आधारहरू छोडेको छ। उनले भने, ‘शकुनी पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ।’ 

लेखक थापाले भने सीमान्तकृत विजित पात्रको आँखाबाट उपन्यास लेख्न खोजेकाले आजको समाज र सामाजिक मुद्दालाई शकुनीले उठान गरेको दाबी गरे। थापाले दक्षिण एसियामै शकुनीको चरित्रलाई बुनेर आख्यान नलेखिएको स्थितिमा आफूले सिंगो उपन्यास लेख्न साहस गरेको बताए। यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो। उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.