‘बालबच्चालाई कसरी भोकभोकै राख्ने ? ’

‘बालबच्चालाई कसरी भोकभोकै राख्ने ? ’

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगर–१ धर्मवान टोलका बाढीपीडित गाँस र बासको समस्याले पिरोलिएका छन्। भोकभोकै त्रिपालमुनि जाग्राम बसेर रात काट्नुपरेको गुनासो उनीहरूले गरेका छन्। राहत पाउने अत्तोपत्तो छैन। सरकारी संयन्त्रले घर–घरमा राहत पुर्‍याइएको दाबी गरे पनि यहाँका बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था भएको छैन।

सामान्य त्रिपालका भरमा रात बिताउन जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनकपुरधाम–१ की शिवशक्ति सदाले बताइन्। ‘असार २७ गते राति जलाद नदीमा आएको बाढीले घर डुब्यो’, उनले भनिन्, ‘एउटा त्रिपालका भरमा एक छोरा र छोरीसँग जसोतसो रात काट्यौं। रातमा वर्षात् भएको अवस्थामा त्रिपाल ओढेरै जाग्राम बस्छौं।’

पटक–पटक पर्ने पानीले त्रसित बनाउने गरेको ममता मल्लिक डोमले बताइन्। ‘दिन होस् वा रातमा, पानी पर्‍यो कि जलादले घरै बगाउने पीर हुन्छ’, उनले भनिन्, ‘हामी त जसोतसो भोकभोकै रात काट्छौं। बालबच्चालाई कसरी भोकभोकै राख्ने ? ’

धर्मवान टोलका इन्दल, निर्मला, विनिता, तेततरी, कञ्चल सदालगायत सय परिवारलाई पनि यस्तै समस्या छ। उनीहरू बिहान–साँझ के खाने भन्ने पीरले सताउने गरेको बताउँछन्। ‘भएभरको सबै बाढीले भिज्यो। चार दिनसम्म पानी जमेको जम्यै भयो। घरमा खाने केही छैन। बिहान–बेलुका के खाने भन्ने समस्या छ’, स्थानीय लीला मेस्तरले भनिन्, ‘खाद्यान्न अभावमा पानी पिएर रात कटाएका छौं। सरकारले विस्थापित परिवारलाई दिने राहत केही पाएका छैनौं। चुनावमा सधैं भोट देऊ कि देऊ भन्ने तर दुःख पर्दा कोही सोधीखोजी गर्न आएनन्। हामीलाई खाने, लाउने र गतिलो त्रिपाल दिए हुन्थ्यो।’

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको नेतृत्वमा राजेन्द्र महतोले शनिबार केहीलाई राहत वितरण गरे। सबैलाई राहत दिएको हल्ला भयो। स्थानीय ७० वर्षीया द्रौपदी दास तत्माले राहत वितरणप्रति असन्तुष्टि जनाइन्। ‘हामी पानीमा डुबिरहेका थियौं तर प्रदेश सरकारले हामी बाँच्यौं कि मर्‍यौं हेर्न पनि आएन’, उनले भनिन्।

०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.