जंगली च्याउ खाँदा १२ बिरामी

जंगली च्याउ खाँदा १२ बिरामी

उदयपुर : उदयपुरको जंगली च्याउ खाँदा ३ परिवारका १२ जना बिरामी भएका छन्। त्रियुगा नगरपालिका-९ राजाबासमा एकै परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरकाअनुसार जंगलमा उम्रिएको विषादी च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमाया दनुवार, छोरा २० वर्षीय अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन्।

त्यसैगरी, कटारी नगरपालिका-४ सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंककुमारीसहित छोरा १४ वर्षीय अनिष दनुवार, ११ वर्षीय महेन्द्र दनुवार र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएको उनले बताए। 

त्यसैगरी, कटारी नगरपालिका-४ कै टककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको एसपी बुढामगरले बताए। 

उनीहरुले शनिबार जंगलबाट च्याउ टिपेर ल्याएर खाएका थिए।बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.