तेल ट्यांकर छाड्न बेलायतको आग्रह

तेल ट्यांकर छाड्न बेलायतको आग्रह

लन्डन : बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने ट्यांकर तत्काल छाड्न बेलायतले इरानसमक्ष आग्रह गरेको छ। बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने जनाएको छ। नियन्त्रणमा लिइएको उक्त ट्यांकर अविलम्ब छाड्न बेलायत समेत युरोपेली मुलुकहरुले इरानसमक्ष निरन्तर आग्रह गरिरहेका छन्। उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत ती भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ।

इरानको क्रान्तिकारी गार्डले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना एम्पेरा जहाजलाई हर्मुज घाँटीबाट नियन्त्रणमा लिएको थियो। स्ट्रेट अफ हर्मुज जलक्षेत्रको मार्ग हुँदै विश्वको झण्डै एक तिहाइ इन्धन आदानप्रदान हुने गर्दछ।

करिब एक महिनाअघि इरानी तेल ट्यांकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो। इरानले पटक पटक अनुरोध गरे पनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन।

बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिएको थियो। बेलायती ध्वजावाहक ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ उल्लंघन गरेको आरोप इरानको छ।

आणविक सम्झौताबाट अमेरिका फिर्ता भएपछि इरानमाथि अमेरिकाले गरेको आर्थिक प्रतिबन्धको घोषणाका कारण अमेरिका र इरानबीच तनाव बढेको छ। पछिल्ला केही सनता इरानले आफूमाथिको प्रतिबन्धको प्रतिवाद गर्ने नाममा इरानी क्षेत्र हुँदै पार हुने जहाजमाथिको निगरानी कडा बनाएको छ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामाको पहलमा विश्वशक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फिर्ता भएको घोषणा गरेका थिए। साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए। ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाव दिन नयाँ आर्थिक प्रतिबन्ध पनि घोषणा गरेको छ।

पछिल्लो समय अमेरिका–इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ। इरानी अधिकारीले ट्यांकर र चालक दलका २३ सदस्यलाई बन्दर अब्बास बन्दरगाहमा नियन्त्रणमा राखिएको जनाएका छन्।

यसैबीच इरानले अर्को जहाजलाई पनि पर्सियाली सामुद्रिक इलाकाबाट कब्जामा लिई केही समयपछि छोडिदिएको थियने। इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले इरानको उक्त निर्णयले समस्यालाई थप बढाएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्। उनीहरूले नियन्त्रणमा लिइएका जहाज र चालक दलका सबै सदस्यलाई निःशर्त रिहा गर्न सुझाव दिएका छन्।

ट्यांकरका चालक दलका सदस्य सुरक्षित र स्वस्थ 

 आफूले कब्जामा लिएको बेलायती तेल ट्यांकरका सबै चालक दलका सदस्य सुरक्षित र स्वस्थ रहेको इरानले जनाएको छ। तेल ट्यांकर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक संकठनका प्रमुखले बताएको इरानी टेलिभिजनले जनाएको छ।

ट्यांकरमा २३ चालकदलका सदस्य रहेका छन्। उनीहरूमध्ये १८ जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताएका छन्। इरानी अधिकारीका अनुसार बेलायती ध्वजावाहक ट्यांकरले माछा मार्ने प्रयोजनका लागि समुद्रमा रहेको इरानी डुंगालाई ठक्कर दिएको र ‘अन्तर्राष्ट्रिय सामुद्रिक नियम’ उल्लंघन गरेको आरोपमा ट्यांकर कब्जामा लिइएको बताइएको छ।

ट्विटरमा इरानी सरकारी सञ्चारमाध्यमका खाता बन्द

 ट्विटरले इरानका सरकारी सञ्चारमाध्यमका खाता बन्द गरिदिएको छ। बहाई धर्मावलम्बीमाथि अन्याय गरेको भन्दै उक्त कारबाही गरिएको जनाइएको छ। केही विश्लेषकले भने इरानले बेलायती ट्यांकरलाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि ट्विटरले खाता बन्द गरेको आशंका गरेका छन्। ट्विटरले भने बहाई धर्मावलम्बीलाई साथ दिन यस्तो कदम चालेको दाबी गरेको छ।

बहाई इरानमा अल्पसंख्यक समुदाय हो। ट्विटरले बन्द गरेका खाताको नाम भने सार्वजनिक गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमका ट्विटर खातामा भने ‘अकाउन्ट बन्द’ गरेको सूचना अंग्रेजीमा राखिएको छ। इरानको मेहर संवाद समितिले फारसी भाषामा भएको आफ्नो खाता बन्द गरिएको जानकारी दिएको छ। उसले सबैभन्दा इरानले बेलायती ट्यांकर नियन्त्रणमा लिएको समाचार प्रशारण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.