नेपाल लिकर्स ठूलो करदाता

नेपाल लिकर्स ठूलो करदाता

विराटनगर : गत आर्थिक वर्षमा मोरङमा सबैभन्दा बढी राजस्व तिर्नेमा मदिराजन्य वस्तु उत्पादन गर्ने उद्योग अग्रस्थानमा रहेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय विराटनगरका अनुसार मदिराजन्य वस्तु उत्पादन गर्दै आएको नेपाल लिकर्सले सबैभन्दा धेरै राजस्व बुझाएको छ।

मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको यस उद्योगले २०७५/७६ मा एक अर्ब ९९ करोड रुपैयाँ अन्तशुल्क बुझाएको हो। आन्तरिक राजस्व कार्यालयले एक वर्षमा सात अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। एउटै उद्योगले २८ प्रतिशत कर तिरेको प्रदेश नम्बर १ मा पहिलो हो। जम्मा राजस्वको योगदानमा लगभग २८ प्रतिशत हिस्सा नेपाल लिकर्सको रहेको कार्यालयका प्रमुख करअधिकृत दिलिप गौतमले बताए। यसले २०७४/७५ मा भने एक अर्ब २० करोड बुझाएको थियो।

गौतमले मदिराजन्य वस्तु उत्पादन गर्ने अन्य उद्योग र अन्य करदाताका तुलनामा नेपाल लिकर्स बढी राजस्व बुझाउनेमा पर्ने बताए। त्यस्तै रंगेलीमा रहेको चण्डिका डिस्टिलरीले ४७ करोड अन्तशुल्क बुझाएको छ। बुढीगंगामा रहेको गोल्डेन लिकर्सले ३६ करोड रुपैयाँ बुझाएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा चण्डिकाले २४ र गोल्डेनले २६ करोड रुपैयाँ अन्तःशुल्क बुझाएका थिए। सरकारले अन्तःशुल्क बढाएपछि र उद्योग फूल फेजमा सञ्चालन भएसँगै कारोबार पनि बढेका कारण मदिराजन्य वस्तु उत्पादन गर्ने उद्योगबाट बढी अन्तःशुल्क संकलन भएको प्रमुख गौतमको भनाइ छ। उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा समग्र राजस्व लक्ष्यभन्दा बढी असुली भएको छ। मूल्य अभिवृद्धि करमा भने लक्ष्यअनुसार संकलन हुन सकेन। ६ अर्ब ४१ करोड संकलनको लक्ष्य लिएकोमा कार्यालयले सात अर्ब १३ करोड अर्थात् एक सय ११ करोड बढी राजस्व संकलन गरेको गौतमले बताए। २०७४/७५ को तुलनामा एक सय ९२ प्रतिशत बढी राजस्व उठेको हो।

२०७४/७५ मा ५ अर्ब २१ करोड मात्रै असुली भएको थियो। आयकर वापत दुई अर्ब १८ करोड संकलनको लक्ष्य लिएकोमा दुई अर्ब २२ करोड असुली भएको छ। मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४८ करोडको लक्ष्यमा एक अर्ब ३७ करोड मात्रै संकलन भएको छ। प्रमुख गौतमका अनुसार आन्तरिक राजस्व कार्यालय मातहतका केही फायल ठूला तथा मध्यमस्तरका करदाता कार्यालयमा सरेका कारण मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार संकलन हुन सकेन।

अन्तःशुल्कमा दुई अर्ब ६७ करोड रुपैयाँ लक्ष्य लिइएकोमा तीन अर्ब २४ करोड रुपैयाँ असुली भएको छ। प्रभावकारी बजार अनुगमन, अन्तःशुल्कको दर वृद्धि, समयमा कर नबुझाउनेलाई कारबाही, करदातालाई कर बुझाउने सहज वातावरण, विभिन्न स्किम तथा विगतका बक्यौता असुली लगायतले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको गौतमको भनाइ छ।

गौतमका अनुसार कार्यालयमा ५० हजार हाराहारीमा करदाता छन्। बढीमा ४० करोड रुपैयाँसम्मको कारोबार गर्ने उद्योगी व्यवसायीले यस कार्यालयमा कर बुझाउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.