तीन किलो गाँजासहित दुई पक्राउ
विराटनगर : प्रहरीले गाँजासहित मोरङको केराबारी गाउँपालिका-१९ बगैंचा चोकका दुई युवालाई सोमबार बिहान पक्राउ गरेको छ। तीन किलो गाजासहित १८ वर्षीय गणेश तामाङ र जिग्री भुजेल पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी किशोर दाहालले बताए।
दुवैजना बगैचा चोकबाटै पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा गाजा फेला परेको एसएसपी दाहालले बताए।
प्रतिक्रिया दिनुहोस !
४