गर्मीमा बिजुली गायब

गर्मीमा बिजुली गायब

धनगढी : धनगढी उपमहानरपालिका वडा नम्बर ४ की पार्वती कार्कीको १३ महिनाको शिशु छ। उनले दुई रात घरको छतमा झुल लगाएर बिताइन्। ‘दुई रातभयो, बिजुली उत्तीखेर आउँछ, उत्तीखेर जान्छ, न पंखा चल्छ, न कुलर नै चल्छ’, उनले भनिन्।

‘तीनदिन भयो, विद्युत आउने जाने गरेपछि इन्भर्टर पनि चार्ज हुन सकेको छैन’, तारानगरका हरिश जोशीले भने, ‘३८ डिग्री तापक्रम छ। दिनहुँ तापक्रम बढिरहेको छ। सातादेखि विद्युत् छिनमा आउने र छिनमै जाने भएकाले सर्वसाधारण मारमा परेका छन्। महाकाली बिजुली भण्डारका सञ्चालक नन्दराज भट्ट पनि विद्युतीय उपकरण बिग्रेर धेरै उपभोक्ता नयाँ सामान किन्न आएको बताउँछन्। ‘प्राधिकरणले पनि चित्त बुझ्दो दिने गरेको छैन।

धनगढीको मेनरोडमा कलर ल्याब सञ्चालन गरिरहेका बीरवहादुर महराले सातादेखि विद्युत् अनियमित भएकाले आफ्नो ब्याट्री बैंक चार्ज नभएकाले लाखौं घाटा भएको बताउँछन्। ‘अधिकांश समय त बिजुली नै हुन्न, बिजुली आएको बेला पनि ब्याट्री चार्ज गर्ने भोल्टेज हुन्न, सातदिन भयो, बिजुली आएको बेलामात्रै काम भइरहेको छ’ उनले भने।

‘बिजुली जत्ति चाहिए पनि छ भन्ने, अझ उर्जा मन्त्रालयले कुलेखानीको विद्युत् भारतलाई बेचेर राम्रो आम्दानी गरेको पनि भन्ने, धनगढीका जनता भने अन्धकारमा बस्नुपर्ने ? ’ धनगढीका ब्यवसायी महेश दाहालले भने। तर नेपाल विद्युत प्राधिकरणले विनासकारी हावाहुरी पछि धनगढीमा विद्युत् पोल लगायतमा क्षति गरेकाले मर्मत भइरहेको बताएको छ। ‘ हावाहुरीले पाँचसय पोल र साढे दुईसय ट्रान्सफर्मरमा क्षति पुगेको हो, हामीले रातदिन नभनि त्यसको काम सकेका छौं’ धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.