चट्याङ लागेर मृत्यु
विराटनगर : खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मोरङमा मंगलबार एकजनाको मृत्यु भएको छ। बुढीगंगा गाउँपालिका-७ का ३० वर्षीय रामेश्व विश्वासको चट्याङ लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।
उनका अनुसार खेतमा काम गरिरहेका चट्याङ लागेपछि विश्वासको घटनास्थलमै मृत्यु भएको थियो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
४