बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते

बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ८ खोड्पेको बन्तड भीरमा दार्चुलाबाट धनगढीका लागि छुटेको ग १ ज ५२२४ नम्बरको जीप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा भएको हो।

जीप भीरबाट झण्डै अढाई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन्। 
दुर्घटनामा घाइते भएका दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। उनको परिचय खुल्न सकेको छैन। 

'मृत्यु भएका एक जनाको शव भीरमा अड्किएको छ।' इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटी भने, 'कुहिरो र पानी परेका कारण निकाल्न सकिएको छैन।' प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.