बैतडी जीप दुर्घटना : मृतकको पहिचान खुल्यो

बैतडी जीप दुर्घटना : मृतकको पहिचान खुल्यो

बैतडी : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको खोडपेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ। मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए।

दुर्घटनामा परी दुईजना घाइते भएका छन्। घाइते हुनेमा दार्चुलाको महाकाली नगरपालिका- ९ दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेका छन्।

घाइतेमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ। उनलाई उपचारका लागि धनगढी लगिएको छ। हिक्मतको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जीप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका-८ खोड्पेको बन्तड भन्ने भीरमा दुर्घटना भएको हो। जीप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बाक्लो कुहिरो तथा साँघुरो सडक भएका कारणले जीप दुर्घटनामा परेको प्रहरीको अनुमान छ।जीपमा तीनजना सवार रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.